भारत–पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित


भारत–पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
  • नवकिरण
  • बैशाख २४, २०८२

काठमाडौँ, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आतङ्ककारी अड्डामा हवाई आक्रमण गरेपछि कश्मीरलगायत विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन्।

जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ जिल्लाका सबै शैक्षिक संस्था बन्द गरिएको छ। पाकिस्तानले पनि पञ्जाब प्रान्तका विद्यालयहरू बन्द गरी परीक्षा स्थगित गरेको छ।

गत महिना पहलगाममा २६ पर्यटक मारिएको घटनाको प्रतिशोधमा भारतले पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा दर्जनौँको मृत्यु भएको छ।