भारत–पाकिस्तान तनावले हवाई उडान प्रभावित, नेपाल आउने मार्ग लम्बियो


भारत–पाकिस्तान तनावले हवाई उडान प्रभावित, नेपाल आउने मार्ग लम्बियो
  • नवकिरण
  • बैशाख २६, २०८२

काठमाडौं, वैशाख २६ – भारत–पाकिस्तान तनावका कारण पाकिस्तानको आकाश प्रयोग गर्न नसकिँदा मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बिएको छ। यसले उडान समय एकदेखि दुई घण्टासम्म बढाएको छ।

कतारदेखि नेपाल आउन पहिले ४ घण्टा ३० मिनेट लाग्थ्यो भने अहिले ५ घण्टा १० मिनेट लाग्न थालेको एयरलाइन्सहरूले जनाएका छन्।

नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाका अनुसार अहिले मूल्य बढेको छैन, तर एक साता पछि हवाई भाडा बढ्ने सम्भावना छ।

उडान समय बढ्दा लागत पनि बढ्ने भएकाले मूल्य समायोजन हुन सक्ने देखिएको छ।