|हरि धिताल
आदरणीय गुरुहरु
प्रदेशी भुमी बाट सादर नमस्कार
र मिठो सम्झना ।
हिजो म तपाईहरुको चेला आज तपाईहरुको शुभेच्छुक र शुभचिन्तक । गतबर्ष देखि तपाईहरु कि गर कि मर को आन्दोलनमा हुनुहुन्छ म तपाईहरुको आन्दोलनको पुर्ण समर्थक र शुभेच्छुक हुँ । मेरो नैतिक रुपमा आन्दोलन प्रति एक्यवद्धता जारी छ । बिगतमा सरकार संग भएका सम्झौता एक अक्षर पालना गरेन सरकारले २०२८ सालमा जारी भएको राष्ट्रिय शिक्षा ऎनले लाई ८ औ पटक टालटुल गरेर अहिलेसम्म जेनतेन चलायर सरकार बसेको छ । गणतन्त्रको आगमन पश्चात् ३ बर्षमा जारी गर्नु पर्ने शिक्षा ऎन अहिलेसम्म जारी भयन । दल र सरकारको ध्यान मुलुक प्रति जिम्मेवार छैन भन्ने गतिलो प्रमाण यहि हो ।सामुदायिक बिद्यालय शिक्षालाई उकास्न पर्ने बेलामा सामुदायिक बिद्यालयका शिक्षक हरु अझ भनौं भने समाजकै सबैभन्दा बौद्धिक , प्राज्ञिक , शिक्षित र चेतनशिल समाजको सम्मानित पेशामा आबद्ध गुरुहरु यसरी ब्याबसायिक हकहित र गुणस्तर र परिणाम मुखी बिद्यालय शिक्षा ऎनको लागि सडक आन्दोलनमा आउनु अत्यन्तै लाजमर्दो र दुर्भाग्य हो । प्रधानमन्त्री , मन्त्री र दलका नेताहरुको शिक्षक प्रति गरेको मजाक र खिसेउटिरि हेर्दा लाग्छ यिनिहरु सामुदायिक बिद्यालय उकास्न होइन ध्वस्त बनाउन लालयित छन ।समग्रमा शिक्षा मुलुक उकास्ने बाह्य मुलुकसंग प्रबिधि , सिप र गुणस्तरमा प्रतिस्पर्धा गर्ने मेरुदण्ड हो । बिश्वका अधिकांश मुलुकहरूले शिक्षकहरुलाई राज्यको सम्मानित र उच्च दर्जामा राखेको पाइन्छ तर हाम्रो मुलुकमा दलहरू र राज्यले सामान्य राजनीति कार्यकर्ता सम्झन्छन् । यो मुलुकको लागि दुर्भाग्य हो । यसमा राज्य जति दोषी र निकम्मा छ शिक्षक हरुको नेतृत्वपनि त्यति नै दोषी छ । अब आदरणीय गुरुहरुले यो पद्धति र कोर्सको करेक्सन गर्ने बेला आयको छ ।
भलै मेरो आफ्नै अनेकौं बाध्यात्मक अवस्थाले महिले आफ्नु बच्चाहरुलाई सामुदायिक बिद्यालयमा अध्यापन गराउन सकिन । यसको लागी म क्षमाप्रार्थी छु । यो मेरो आफ्नै बिबशता हो र थियो । तर पनि सामुदायिक बिद्यालय र सामुदायिक शिक्षक हरु प्रति आदर र सम्मान एक रत्ती घटेको छैन । उहाँहरु मेरा गोरेटोका पदपर्दशक हुन । केही सामुदायिक शिक्षकहरु संग नितिगत र उहाँहरुको कार्यशैली प्रति मेरो असहमति थियो अहिले पनि छ तर समग्रमा मेरो गुरुहरु प्रति सधैं सम्मान रहने छ । पेशा प्रति लगाब , नयाँ प्रबिधि र सिपको बिकास ,शान्ति पुर्ण शैक्षिक बाताबरण , राजनीतिक रहित बिद्यालयको प्रशासन र ब्याबस्थापन आजको आबश्यकता हो । म यो दलको तिमी यो दलको भनेर दलिय भागबन्डा बिद्यालयमा आजसम्म चलेको यो अन्त हुनुपर्छ । यसको शुरूवात गर्ने जिम्मा स्वयं तपाई गुरुको हो ।
आदरणीय गुरुहरु तपाईहरु अझै राजनीतिक दलहरू प्रती लालयित हुने , प्रत्यक्ष सहभागी हुने वा उनिहरुकै कार्यकर्ता हुने हो भने केन्द्रिय सरकारको प्रतिनिधिले होइन वडा सरकारको वडा सदस्यले धरी तपाईहरुलाई चिन्दैन र गन्दैन । तिनिहरुले सधै तपाईहरुलाई सामान्य कार्यकर्ता नै सम्झन्छ । पहिले यो जन्जिर बाट तपाईहरु मुक्त हुनुहोस । आज आन्दोलनको १८ औ दिन चलिरहेको छ यो कहिले सम्म त ? गत शैक्षिकसत्र को नतिजा प्रकाशन भएको छैन । कक्षा १२ को परिक्षा आइ सक्यो । एसइइ को उत्तर पुस्तिका परिक्षण भएको छैन अझै मुख्य कुरा नयाँ शैक्षिकसत्र को लागी भर्ना अभियान शुरूवात भएको छैन । यो जटिल र विषम परिस्थितिमा तपाईहरुको आन्दोलन चलिरहेको छ कतै यो आन्दोलन लम्बिरहदा आफ्ना अब्बल बिद्यार्थि निजि तिर मोडिने त होइन ?? यतातिर चाहिँ एक पटक सोच्नु होला । मुलुक र मुलुक बाहिर जति लब्ध प्रतिष्ठित ब्याक्तित्व हुनुपर्छ यो सबै तपाई गुरुहरुकै मेहनत र योगदान हो यसमा दुईमत छदै छैन । शहरका सुबिधाजन्य बिद्यालयहरु संग दुर्गममा समस्या ग्रस्त बिद्यालयहरुको प्रतिस्पर्धा गराउने बर्तमान राज्य प्रशासक र पद्धति कति अव्यवस्थित र अब्याबहारिक छ होला आफै अनुमान गर्न सकिन्छ ।
तपाईहरुले अघि सार्नु भएको आफ्ना मागहरुमा आम नागरिकहरुको एक्यवद्धता रहेको नै छ तर ती मागहरूमा केही बुँदाहरु अझै समेटिएको भय सुनमा सुगन्ध हुने थियो ।
१. आम सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारी सहित राज्यबाट तलबभत्ता खाने , सेवा सुबिधा लिने र सार्बजनिक पद धारण गरेका सबैले आफ्ना बाल बच्चाहरुलाई अनिवार्य सामुदायिक बिद्यामा अध्यायन गराउनु पर्ने ।
२. शिक्षक रहेको अबधि भय कुनै पनि दलको सक्रियता / संगठित सदस्य लिन नपाउने र प्रत्यक्ष राजनीतिमा सहभागी हुन नपाउने ।
३. बिद्यालय ब्याबस्थापन समिति गैर दलिय हुनुपर्ने । राजनीतिमा कृयाशिल ब्यक्तिहरु बिद्यालको ब्याबस्थापन समितिमा रहन नपाउने
४. हाम्रो जस्तो राजनीतिक रुपमा थिलथिलो र भरखरै सुरु भएको संघीयतामा शिक्षाको सम्पुर्ण अधिकार स्थानीय तहलाई दिन ब्याबहारिक नहुने
५. स्थानीय सरकारमा गैर राजनीतिक शिक्षा समिति रहनुपर्ने ।
६. पजनी ,टिके , तोक आदेश , भनसुन र हुकुमी प्रथा बाट नियुक्ति होइन सबै क्षेत्र हरुमा पुर्ण प्रतिस्पर्धा बाट शिक्षक नियुक्ति हुनुपर्ने ।
र अन्तमा तपाईंहरुको आन्दोलनको पुर्ण सफलताको शुभकामना दिन चाहान्छु ।
तपाई हरुको शुभ चिन्तक
हरि घिताल
परदेशी भुमीबाट ।
लेखक समसामयिक बिषयमा सामाजिक सन्जाल मार्फत अाफ्ना धारणा ब्यक्त गरिरहनुहुन्छ।