निर्वाचन अपडेट: ११ बजेसम्म १९ लाखभन्दा बढी मत खस्यो


निर्वाचन अपडेट: ११ बजेसम्म १९ लाखभन्दा बढी मत खस्यो
  • नवकिरण
  • फागुन २१, २०८२

काठमाडौं, फागुन २१ – देशभर जारी निर्वाचनमा बिहान ११ बजेसम्म १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभरबाट १९ लाख २३ हजार ८२४ मत खसेको विवरण प्राप्त भएको हो।

यस निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेको आयोगले जानकारी दिएको छ।

देशभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको चहलपहल देखिएको छ भने मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाइएको छ।