टाइमको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह


टाइमको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

|Oplus_131072

  • नवकिरण
  • बैशाख ३, २०८३

काठमाडौं, वैशाख ३ – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनलाई ‘नेता’ समूहमा राखिएको हो ।

टाइमले हरेक वर्ष विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई समेट्दै यस्तो सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि विश्व राजनीतिमा प्रभाव पार्ने नेताहरूको सूचीमा बालेन समावेश भएका छन् ।

पत्रिकाका अनुसार सूची तयार गर्दा विश्वव्यापी प्रभाव, नेतृत्व क्षमता र समाजमा पार्ने दीर्घकालीन असरलाई आधार बनाइएको छ । नयाँ सोच र परिवर्तनको नेतृत्व गर्ने व्यक्तिलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।

यस सूचीमा विभिन्न देशका राष्ट्रप्रमुख, अभियन्ता, वैज्ञानिक, कलाकार तथा उद्यमीहरू समावेश छन् । समकालीन विषयहरूमा प्रभाव पार्ने व्यक्तित्वलाई विशेष महत्व दिइएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट उदाएका बालेन यसअघि पनि सन् २०२३ मा ‘टाइम १०० नेक्स्ट’ मा परेका थिए । उनको उदयलाई युवापुस्ताको परिवर्तनको प्रतीकका रूपमा हेरिएको छ ।