काठमाडौं, असार २९ — नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि सोमबार बिहानदेखि एउटा शंकास्पद गाडी पार्किङ गरिएको भेटिएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान करिब ७ बजेदेखि घरअगाडि यसरी पार्किङ गरिएको थियो कि त्यहाँबाट मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न कठिन भएको थियो।
प्रत्यक्षदर्शीहरूले गाडी पार्किङ गरेपछि चालक नेपाल प्रहरीकै एउटा सवारीमा चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, यस विषयमा प्रहरीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।
यसअघि सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै प्रकृतिका शंकास्पद गाडी पार्किङ गरिएका थिए। ती गाडीहरूलाई प्रहरीले क्रेन प्रयोग गरी हटाएको थियो।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
