एनआरएनएको एकता महाधिवेशन सम्पन्न


एनआरएनएको एकता महाधिवेशन सम्पन्न
  • नवकिरण
  • बैशाख २१, २०८२

काठमाडौँ, बैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुप्रतिक्षित एकता महाधिवेशन आइतबार काठमाडौँको हायात होटेलमा सम्पन्न भएको छ।

अधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संस्था एकताको दिशामा अघि बढेको छ।

महाधिवेशनमा प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षदेखि सबै पदाधिकारीसम्म सर्वसम्मत चयन भएको जानकारी दिए। उनले निर्वाचन प्रक्रियामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गरे।

नयाँ कार्यसमितिमा अध्यक्षमा महेशकुमार श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा ६ जना तथा महिला उपाध्यक्षसहित विभिन्न पदाधिकारीहरूको चयन गरिएको छ।

नयाँ कार्यसमिति यस प्रकार छ:

अध्यक्ष:

महेशकुमार श्रेष्ठ

उपाध्यक्षहरू:

सुनिल कुमार साह

बुद्धि सागर सुवेदी

खगेन्द्र न्यौपाने

लोकप्रसाद दाहाल

मनोज कुमार श्रेष्ठ (गोर्खाली)

विश्वास दीप लिम्बु (तिगेला)

महिला उपाध्यक्ष:

जुनु गुरुङ

महासचिव:

बाबुराम (बीआर) लामा

सचिवहरू:

चिन्तामणि सापकोटा

टङ्कप्रसाद गैरे

तिलकप्रसाद गैरे

महिला सचिव:

देवकी खत्री गुरुङ

कोषाध्यक्ष:

ठाकुर प्रसाद ढुङ्गाना

सह-कोषाध्यक्ष:

कृष्णप्रसाद पोखरेल

महिला संयोजक:

रश्मि थापा

युवा संयोजक:

भीमसेन थापा

क्षेत्रीय संयोजकहरू:

एसिया प्रशान्त: डा. बलराम श्रेष्ठ

युरोप: प्रेमबहादुर गुरुङ

मध्यपूर्व: रमेश श्रेष्ठ

उत्तर-दक्षिण अमेरिका: डिलुराम पराजुली

ओसेनिया: इर्सद अहमद

क्षेत्रीय उपसंयोजकहरू:

एसिया प्रशान्त:

माधव पोखरेल

मीमबहादुर पुर्जा

मध्यपूर्व:

सुनिल कुमार घिमिरे

श्रीकृष्ण भट्टराई

उत्तर-दक्षिण अमेरिका:

विश्वराज बास्तोला

नरबहादुर टण्डन क्षेत्री

ओसेनिया:

रामप्रसाद कँडेल

प्रताप राना

महाधिवेशन पश्चात आइतबार नै आयोजित विशेष समारोहमा नव-निर्वाचित पदाधिकारीहरूले शपथग्रहण गर्नुका साथै प्रमाणपत्र प्राप्त गरेका छन्।

एनआरएनएको भविष्यलाई एकताबद्ध र सशक्त बनाउने उद्देश्यका साथ सम्पन्न यो महाधिवेशनलाई सहभागीहरूले ऐतिहासिक अवसरका रूपमा लिएका छन्।