काठमाडौँ, वैशाख २२ — बागमती प्रदेश सरकारले आगामी वैशाख २४ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ।
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो। प्रदेश सरकारको निर्णयअनुसार सो दिन सबै सरकारी कार्यालय तथा निकायहरू बन्द रहनेछन्।
सरकारी भाषा सम्बन्धी दिवस हरेक वर्ष प्रदेशमा विशेष महत्वका साथ मनाइँदै आएको छ। यस अवसरमा विभिन्न कार्यक्रमहरूको समेत आयोजना हुने बताइएको छ।