कागजातसहित आयोगमा जाँदै विप्लव नेकपा, दर्ता अन्तिम चरणमा


कागजातसहित आयोगमा जाँदै विप्लव नेकपा, दर्ता अन्तिम चरणमा
  • नवकिरण
  • कार्तिक ११, २०८२

काठमाडौं, कार्तिक ११ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्दैछ।

पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णजित बुढा लगायतका नेताहरू वकिलहरूको साथमा आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्।

नेता बुढामगरले अघिल्लो पटक आयोगमा पुगे पनि आवश्यक केही कागजात अपूर्ण रहेकाले प्रक्रिया रोकिएको जानकारी दिए। “आज सबै कागजात पूरा गरेर आयोगमा बुझाउँदैछौं,” उनले भने।

उनका अनुसार विप्लव नेतृत्वको नेकपाले यही कात्तिक महिनाभित्र दल दर्ता सम्पन्न गर्ने लक्ष्य राखेको छ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी दलहरूले कात्तिक ३० गतेभित्र दर्ता प्रमाणपत्र लिनुपर्नेछ।