काठमाडौं, चैत १ – भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको भन्दै माइतीघरमा प्रदर्शन भएको छ।
अग्रपंक्तिमा रहेकी रक्षा बमसहित नेतृत्वमा आएका प्रदर्शनकारीहरूले प्रतिवेदन जनतासम्म ल्याउनुपर्ने आवाज उठाएका छन्। उनीहरूले समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि यसलाई सार्वजनिक नगर्नु उचित नभएको बताए।
सरकारले यस आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। प्रदर्शनकारीहरूले देशका विभिन्न घटनाको छानबिनका लागि समिति गठन भए पनि प्रतिवेदन जनसामु ल्याइएन भन्ने विषयमा असन्तोष प्रकट गरेका छन्।
