सरकारलाई डा. केसीको प्रश्न– कानुनअनुसार चल्ने कि मनलाग्दी गर्ने ?


सरकारलाई डा. केसीको प्रश्न– कानुनअनुसार चल्ने कि मनलाग्दी गर्ने ?
  • नवकिरण
  • चैत्र २९, २०८२

काठमाडौं, चैत २९ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारको पछिल्लो निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले एमबीबीएस अध्ययनमा अतिरिक्त छात्रवृत्तिको व्यवस्था कानुनअनुसार नभएको बताएका छन्।

उनका अनुसार जेनजी आन्दोलनमा घाइते भएकालाई भर्ना दिने निर्णय चिकित्सा शिक्षा ऐन र नियमावलीविपरीत छ। आकस्मिक बैठकमार्फत यस्तो निर्णय गर्नु विधिको शासनमाथि चुनौती भएको उनले उल्लेख गरेका छन्।

एमबीबीएस भर्ना प्रक्रिया निश्चित मापदण्डअनुसार सम्पन्न भइसकेको अवस्थामा फेरि नयाँ व्यवस्था ल्याउनु अनुचित हुने केसीको भनाइ छ। उनले योग्यताक्रमलाई बेवास्ता गर्नु गलत अभ्यास हुने बताएका छन्।

शिक्षा मन्त्रालयको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले त्यसलाई गैरजिम्मेवार र आपत्तिजनक भनेका छन्। उक्त अभिव्यक्ति तत्काल सच्याउन उनले सरकारसँग माग गरेका छन्।

केसीले सरकारलाई कानुनको पालना गर्न र शिक्षा क्षेत्र सुधारका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन्। माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिएका छन्।