मोबाइल प्रयोगकै क्रममा चट्याङ, गोरखामा २६ वर्षीय युवकको मृत्यु


मोबाइल प्रयोगकै क्रममा चट्याङ, गोरखामा २६ वर्षीय युवकको मृत्यु
  • नवकिरण
  • बैशाख ७, २०८३

गोरखा, वैशाख ७ – गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङका कारण सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीय विनोद थापा गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनी घरभित्रै बसेर मोबाइल चलाइरहेका बेला एक्कासि चट्याङ परेको थियो । चट्याङ लागेपछि थापा गम्भीर अवस्थामा पुगेका थिए ।

घाइते भएपछि उनलाई तत्काल प्रदेश अस्पताल गोरखा लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।