काठमाडौं, वैशाख ९ – गृहमन्त्री सुदन गुरुङ समसामयिक विवादबारे छलफल गर्न प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्बन्धित कम्पनीमा आफ्नो सेयर रहेको विषय सार्वजनिक भएसँगै गुरुङमाथि चौतर्फी आलोचना चुलिएको छ ।
यस घटनापछि उनको नैतिकता र जिम्मेवारीमाथि प्रश्न उठाउँदै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।
उक्त परिस्थितिबारे प्रधानमन्त्रीसँग धारणा साटासाट गर्न गृहमन्त्रीले भेटघाट गरेको जनाइएको छ ।
यसैबीच, बढ्दो दबाबका कारण गृहमन्त्री गुरुङलाई पदबाट राजीनामा दिनुपर्ने माग थप चर्किँदै गएको छ ।
