काठमाडौं, वैशाख १३ – नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आफ्ना मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनको चेतावनी दिएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले प्रारम्भमा ध्यानाकर्षण गराउने र त्यसपछि चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने जनाएको हो।
महासङ्घका संयोजक विष्णु खत्रीले लामो समयदेखि उठाइएका मागहरू बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले अस्थायी र राहत शिक्षकहरूलाई विभेद गरिएकाले छुट्टै संगठन गठन गर्नुपरेको स्पष्ट पारे।
महासङ्घले ‘गोल्डेन हेन्डसेक’, सामाजिक सुरक्षा र पेशागत निरन्तरता सुनिश्चित गर्न माग गर्दै पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
