रवि लामिछानेको संकेत : सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने


रवि लामिछानेको संकेत : सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने
  • नवकिरण
  • बैशाख १६, २०८३

काठमाडौं, वैशाख १६ – रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया अघि बढ्ने संकेत दिएका छन्। उनले उक्त विषयमा आवश्यक प्रक्रिया सुरु हुने तयारी भइरहेको जानकारी दिएका हुन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छानबिनको स्वरूपबारे पनि चाँडै स्पष्ट पारिने बताए। उनका अनुसार अनुसन्धान कसरी अघि बढ्ने भन्ने विषयमा निकट भविष्यमै औपचारिक जानकारी सार्वजनिक गरिनेछ।

लामिछानेले गुरुङ स्वयंले पनि आफूविरुद्ध अन्य व्यक्तिहरू जस्तै निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको उल्लेख गरे। उनले सबैलाई समान रूपमा कानुनी प्रक्रिया लागू हुनुपर्नेमा जोड दिए।

यसअघि विवादित व्यवसायीसँगको साझेदारी सार्वजनिक भएपछि गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। सोही प्रकरणपछि उनको विषयमा थप छानबिनको चर्चा भइरहेको छ।