गुम्बा हटाउने निर्णयले बौद्ध समुदाय असन्तुष्ट डोजर चल्दा बल्खुको गुम्बा भत्कियो


गुम्बा हटाउने निर्णयले बौद्ध समुदाय असन्तुष्ट डोजर चल्दा बल्खुको गुम्बा भत्कियो
  • नवकिरण
  • बैशाख १८, २०८३

काठमाडौं, वैशाख १८ – सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा भत्काएको छ। शुक्रबार बिहान डोजर प्रयोग गर्दै गुम्बा हटाइएको हो।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको उक्त गुम्बा बुद्ध जयन्तीकै अवसरमा भत्काइएको हो। महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत यस्तो कदम चालिएको जनाएको छ।

भत्काउने कार्य अघि बढाउनु अघि गुम्बाभित्र रहेका बुद्धमूर्ति तथा अन्य सामग्रीहरू सुरक्षित रूपमा बाहिर निकालिएको थियो। त्यसपछि मात्रै संरचनामा डोजर चलाइएको हो।

महानगरपालिकाले बल्खु, टेकु आसपासको वंशीघाट र बालाजु क्षेत्रमा समेत अतिक्रमित संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ।

यता बालाजुस्थित ओग्यन जम्लिङ क्षेत्रमा रहेको अर्को गुम्बा हटाउने तयारी भएपछि बौद्ध समुदायका व्यक्तिहरूले विरोध जनाएका छन्।