सम्पत्ति शुद्धीकरण कानुन संशोधनका लागि अध्यादेश सिफारिस


सम्पत्ति शुद्धीकरण कानुन संशोधनका लागि अध्यादेश सिफारिस
  • नवकिरण
  • बैशाख १८, २०८३

काठमाडौँ, वैशाख १८ – सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले अध्यादेश दर्ता भएको पुष्टि गर्दै हालसम्म आठ वटा अध्यादेश सिफारिस भइसकेको जानकारी दिए। तीमध्ये दुई वटा अध्यादेश मात्रै जारी भइसकेका छन्।

उनका अनुसार अन्य छ वटा अध्यादेश अध्ययनकै चरणमा रहेका छन्। राष्ट्रपति कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र ती अध्यादेशहरू जारी हुनेछन्।

यसअघि सहकारी तथा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश भने राष्ट्रपतिबाट जारी भइसकेका छन्। नयाँ अध्यादेशले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थामा सुधार गर्ने लक्ष्य लिएको सरकारको भनाइ छ।