लालपुर्जा देखाएपछि विष्णुमती किनारमा डोजर रोकियो


लालपुर्जा देखाएपछि विष्णुमती किनारमा डोजर रोकियो
  • नवकिरण
  • बैशाख १९, २०८३

काठमाडौं, वैशाख १९ – नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनार पुगेको डोजर स्थानीयको अवरोधपछि रोकिएको छ।

उक्त क्षेत्रका करिब १०–१२ घरधुरीले आफ्नो नाममा वैधानिक लालपुर्जा रहेको दाबी गर्दै घर भत्काउन नदिने अडान लिएपछि काम रोकिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जग्गाको वास्तविक स्थिति पत्ता लगाउन तत्काल सरकारी टोली खटाइएको जानकारी दिएका छन्।

उनका अनुसार नापी, मालपोत, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि समेटिएको आठ सदस्यीय टोली फिल्डमै खटिएर तथ्य संकलन गरिरहेको छ।

टोलीको प्रतिवेदन आएपछि मात्र आवश्यक निर्णय लिइने सीडीओ पौडेलले बताएका छन्। अहिले स्थलगत रूपमा विवरण संकलन र भेरिफिकेसनको काम भइरहेको छ।