संविधान संशोधनमा जनमत सङ्कलनको आह्वान, सुझाव कहाँ पठाउने?


संविधान संशोधनमा जनमत सङ्कलनको आह्वान, सुझाव कहाँ पठाउने?
  • नवकिरण
  • जेष्ठ ८, २०८३

काठमाडौं, जेठ ८ – प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन भएको कार्यदलले संविधान संशोधनका लागि आम नेपाली नागरिकबाट सुझाव सङ्कलन गर्ने भएको छ।

कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै, एक हप्ताभित्र आफ्ना विचार र सुझाव पठाउन सबैलाई आग्रह गरेको छ। नागरिकहरूले सुझाव इमेलमार्फत [email protected][email protected], वा ह्वाट्सएपमार्फत ९८५६०२९९४७ मा पठाउन सक्नेछन्।

कार्यदलको उद्देश्य संविधान संशोधनको बहसपत्र तयार गर्दा सबै नेपाली नागरिकको सहभागीता सुनिश्चित गर्नु रहेको बताइएको छ।