काठमाडौँ, जेठ १५ – सरकारले आयकरको दायरामा महत्त्वपूर्ण हेरफेर गर्दै न्यून आय हुने नागरिकलाई राहत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले न्यूनतम आयकर लाग्ने सीमा बढाइएको जानकारी दिएका हुन् ।
अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले केवल एक प्रतिशत मात्रै आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ कायम थियो ।
सरकारले कर प्रणालीलाई थप सहज, न्यायपूर्ण र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ । नयाँ व्यवस्थाले मध्यम तथा न्यून आय भएका करदातालाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ ।
