काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन


काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन
  • नवकिरण
  • जेष्ठ ३०, २०८३

काभ्रेपलाञ्चोक, जेठ ३० – काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निर्देशनमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी हबल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेका छन्।

उक्त दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका थिए। घटनाको कारण, दुर्घटनाको वास्तविक अवस्था तथा जिम्मेवार पक्षको पहिचान गर्न समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

समितिले घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन तथा अनुसन्धान गरी विस्तृत प्रतिवेदन पेश गर्नेछ।