काठमाडौं, वैशाख ११ – नेकपा एमालेले आज भृकुटी मण्डपमा ‘युथ सेलेब्रेसन’ कार्यक्रमको आयोजना गर्दैछ। लोकतन्त्रको महत्व र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्ने उद्देश्यसहित एमालेले सातै प्रदेशबाट युवाहरूलाई काठमाडौं ल्याएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, कार्यक्रममार्फत सांस्कृतिक प्रस्तुति, विभिन्न प्रतिनिधिहरूको मन्तव्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन रहनेछ।
“लोकतन्त्र र युवाको भूमिकाबारे गहिरो विमर्श हुनेछ,” गौतमले बताए। उनका अनुसार, ‘जनताले जितेको दिन’ भन्ने नारासहित आयोजना गरिएको यो कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ।
एमालेले उक्त युथ सेलेब्रेसनलाई लोकतन्त्रप्रतिको जनचेतना अभिवृद्धि र युवाहरूमा राजनीतिक जागरुकता फैलाउने उद्देश्यले आयोजना गरेको जनाइएको छ।
