काठमाडौं, पुस ३ – नेकपा एमालेको ११औं महाधिवेशनको मतगणना अनुसार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
४० वर्ष मुनिका उम्मेदवारहरूमा डंगोलले १६६८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरू ई. राजन थापा र सन्तोष खड्कालाई पछि पारिन्। राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राप्त गरेका थिए।
डंगोलको जितसँगै काठमाडौं उपत्यकाबाट पार्टीको केन्द्रीय नेतृत्वमा उनको उपस्थिति सुनिश्चित भएको छ।
