काठमाडौं, फागुन २१ – बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ आयोजित पत्रकार सम्मेलनमार्फत देशभर औसतमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिएका हुन्।
उनका अनुसार केही स्थानमा मतदान प्रक्रिया अझै जारी रहेको छ। मतदानका लागि तोकिएको समय साँझ ५ बजेसम्म भए पनि सो समयअघि नै मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
देशभर अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको आयोगको भनाइ छ।
