काठमाडौं, फागुन २२ – धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले सुरुवाती अग्रता लिएकी छन्।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार हालसम्म आठ वटा मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा तामाङले १७५२ मत प्राप्त गरेकी छन्।
उनीपछि नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठी १०९२ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७३३ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ५३० मत प्राप्त गरेका छन्।
उता धादिङ क्षेत्र नम्बर २ मा भने बिहान ११ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। सो बैठकपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ।
