रवि लामिछानेले बुझाए चुनावी खर्चको विवरण


रवि लामिछानेले बुझाए चुनावी खर्चको विवरण
  • नवकिरण
  • फागुन २७, २०८२

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेले निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगले तोकेको आचारसंहिता अनुसार उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन्।

लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले बुझाएको विवरणअनुसार प्रतिनिधिसभा निर्वाचनका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले सबै उम्मेदवारलाई चुनाव सम्पन्न भएपछि तोकिएको समयभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

यसअघि झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन शाहले पनि आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए। उनले आफ्नो निर्वाचन अभियानमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको जानकारी निर्वाचन कार्यालयमा दिएका छन्।