राजीनामा नदिन गगन थापालाई ललितपुरबाट दबाब


राजीनामा नदिन गगन थापालाई ललितपुरबाट दबाब
  • नवकिरण
  • फागुन २८, २०८२

काठमाडौं, फागुन २८ – ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई बलियो बनाउन थापाको नेतृत्व आवश्यक रहेको बताएका छन्।

बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहित विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले यस्तो आग्रह गरेका हुन्।

विज्ञप्तिमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महांकाल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन लगायतको समर्थन रहेको छ।

प्रतिनिधिसभा निर्वाचनमा थापासहित केही पदाधिकारी पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने विषयमा पार्टीभित्र चर्चा चलिरहेको छ।

तर जनप्रतिनिधिहरूले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीलाई मार्गदर्शन गर्न थापाको नेतृत्व आवश्यक रहेको भन्दै पदमा कायम रहन आग्रह गरेका छन्।