काठमाडौं, फागुन ३० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ। शनिबार बस्ने तय गरिएको बैठक अब आइतबारका लागि सारिएको पार्टीले जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आजका लागि तय गरिएको बैठक विशेष कारणवश भोलि बिहानका लागि सारिएको जानकारी दिएका हुन्।
उनका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक आइतबार बिहान १० बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो।
बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरिने जनाइएको छ।
सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको प्रवक्ता झाले बताएका छन्।
