रास्वपाको उपनेतामा गणेश पराजुली चयन


रास्वपाको उपनेतामा गणेश पराजुली चयन
  • नवकिरण
  • बैशाख ३, २०८३

काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दलको उपनेतामा चयन गरिएको जानकारी पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले दिएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले पार्टीभित्रको संगठनात्मक संरचना थप सुदृढ बनाउने उद्देश्यसहित विभिन्न पदमा चयनसमेत गरेको जनाएको छ ।

उक्त बैठकबाट मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नै निरन्तरता दिइएको छ भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन् ।