सदनमा उठेका मुद्दामा मन्त्रीलाई ७ दिनको समयसीमा


सदनमा उठेका मुद्दामा मन्त्रीलाई ७ दिनको समयसीमा
  • नवकिरण
  • बैशाख ८, २०८३

काठमाडौं, वैशाख ८ – प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्न तथा विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्रै जवाफ दिनुपर्ने कानुनी व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य समय र विशेष समयसम्बन्धी प्रावधान राख्दै ती अवधिमा उठेका विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

बैठकबीच कुनै महत्वपूर्ण वा आकस्मिक घटना भएमा सांसदले सदनमा समय माग गरी सरकारको ध्यानाकर्षण गराउन सक्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

यसरी माग गरिएको आकस्मिक समय सभामुखले आवश्यक ठानेमा उपलब्ध गराउन सक्नेछन्।

नियमावलीअनुसार आकस्मिक, शून्य र विशेष समयमा उठाइएका सबै विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्रै सदनमा जवाफ दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।