‘प्रधानमन्त्रीले संविधानको धज्जी उडाउनुभयो’ : गगन थापा


‘प्रधानमन्त्रीले संविधानको धज्जी उडाउनुभयो’ : गगन थापा
  • नवकिरण
  • बैशाख २५, २०८३

काठमाडौं, वैशाख २५ – नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले संविधानको मूल भावना नै कमजोर बनाएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद् कुनै एक व्यक्तिको प्रभावमा चल्न नहुने स्पष्ट व्यवस्था संविधानमै गरिएको स्मरण गराए । तर, पछिल्लो निर्णयले परिषद्‌को गरिमा र संवैधानिक अभ्यासमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीको शक्ति नियन्त्रण र सन्तुलन कायम गर्न संवैधानिक परिषद् गठन गरिएको भए पनि व्यवहारमा त्यसको उद्देश्य विपरीत काम भएको आरोप लगाए । थापाले संविधानले व्यवस्था गरेको प्रक्रिया र मान्यतालाई बेवास्ता गरिनु दुःखद भएको बताए ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । वरिष्ठताको परम्परा तोड्दै रोलक्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई सिफारिस गरिएको यो पहिलो घटना भएकाले यसले न्यायिक क्षेत्रमै नयाँ बहस सिर्जना गरेको छ ।