नयाँ सरकार बनेपछि लामिछाने पहिलो उच्चस्तरीय विदेश भ्रमणका लागि भारत जाँदै


नयाँ सरकार बनेपछि लामिछाने पहिलो उच्चस्तरीय विदेश भ्रमणका लागि भारत जाँदै
  • नवकिरण
  • जेष्ठ १०, २०८३

काठमाडौं, जेठ १० – सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय सरकारको निमन्त्रणामा तय भएको यो भ्रमण दुई देशबीच सम्बन्ध सुदृढ पार्ने प्रयासको रूपमा हेरिएको छ।

रास्वपा स्रोतका अनुसार, लामिछाने जेठ १८ को आसपास भारत पुग्ने तयारीमा छन्। भ्रमणको क्रममा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गर्नेछन्।

नयाँ सरकार गठन भएपछि नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणहरू कम भएका थिए। विगतमा भारतीय विदेश सचिवको नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण पनि स्थगित भएको थियो। खनाल जेठ १८ मा ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन जाने तयारीमा थिए, तर सम्मेलन स्थगित भएपछि भ्रमण रोकिएको थियो।

यो भेटवार्ता नयाँ सरकार र भारतबीच आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण मानिएको छ। भारतले प्रधानमन्त्री बालेन्द्र शाह लाई भ्रमणको निमन्त्रणा दिइसकेको भए पनि भ्रमणको मिति अहिलेसम्म निश्चित भएको छैन।