रास्वपाको सभापतिमा सर्वसम्मत निर्वाचित रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई


रास्वपाको सभापतिमा सर्वसम्मत निर्वाचित रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई
  • नवकिरण
  • अषाढ १३, २०८३

काठमाडौं, असार १३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएपछि खड्काले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना दिएका हुन्।

उनले आफ्नो सन्देशमा लामिछानेको नेतृत्वमा रास्वपाले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई समेत बधाई दिएका छन्।

खड्काले प्रथम राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएकोमा सभापति लामिछानेसहित सम्पूर्ण रास्वपा टोलीको प्रशंसा गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।