बारा हुलाक कार्यालयमा पाँच करोडभन्दा बढी रकम हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा


बारा हुलाक कार्यालयमा पाँच करोडभन्दा बढी रकम हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा
  • नवकिरण
  • बैशाख ३०, २०८२

बारा, वैशाख ३० – बारा जिल्ला हुलाक कार्यालयमा पाँच करोड रुपैयाँभन्दा बढी सरकारी रकम दुरुपयोग गरेको अभियोगमा पाँच जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नायब सुब्बा तथा हाल कार्यालय प्रमुख रहेका बलिराम प्रसाद कुर्मीसहित जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहमाथि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका अनुसार, हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलित रकम कुनै आधिकारिक रेकर्ड नराखी आफ्नै रूपमा अपचलन गरिएको थियो। कुर्मीले २०६० सालदेखि बैंकको जिम्मेवारी सम्हाल्दै आएको र त्यस अवधिमा रकम नगदी रजिस्टरमा नदेखाई मनपरी तरिकाले चलाएको अनुसन्धानबाट खुलेको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो कायम गरी सोही बराबर कैद र जरिवानाको माग गरिएको छ।