काठमाडौं, जेठ ७ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
मंगलबार सुरू भएको सुनुवाइमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। आज वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले लामिछानेका तर्फबाट बहस गरिसकेका छन् भने अब अन्य पक्षको बहस बाँकी छ।
यदि सबै बहस आजै सकियो भने अदालतले आजै आदेश दिन सक्ने सम्भावना छ।