गोरखा–सहिद लखन गाउँपालिका जोड्ने मुख्य सडक पहिरोले अबरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध


गोरखा–सहिद लखन गाउँपालिका जोड्ने मुख्य सडक पहिरोले अबरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध
  • नवकिरण
  • अषाढ ९, २०८२

गोरखा, असार ९ – गोरखा सदरमुकाम हुँदै सहिद लखन गाउँपालिका प्रवेशद्वार ढुङ्गागाडे भञ्ज्याङस्थित लखन थापा सहिद गेट नजिकैको बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने मुख्य सडक पुनः पहिरोले अवरुद्ध भएको छ।

गत वर्षको वर्षायाममा भासिएको सो सडकको आधा भागमा यस वर्षको असार ८ गते रातिदेखि परेको अविरल वर्षाका कारण फेरि ठूलो पहिरो गएको हो। पहिरोका कारण सवारी साधन मात्र होइन, पैदलयात्रुहरूलाई समेत आवतजावत गर्न कठिनाइ भएको छ।

स्थानीय प्रशासन र प्रहरी कार्यालयले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।