काठमाडौं, असार १३ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजारभन्दा बढी विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याउन सफल भएका छन्।
शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार कुल ४८ हजार १७७ जना विद्यार्थीले ३.६ भन्दा माथिको ग्रेड प्राप्त गरेका हुन्।
गत वर्षको तुलनामा यस वर्षको एसईई परिणाममा उल्लेखनीय सुधार देखिएको छ। गएको वर्ष केवल ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष त्यो संख्या बढेर ६१.८१ प्रतिशत पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
शिक्षा क्षेत्रमा आएको यो सुधारले विद्यार्थीको पढाइप्रतिको लगाव र विद्यालयहरुको शैक्षिक गुणस्तरमा पनि सुधार आएको संकेत दिएको विज्ञहरू बताउँछन्। बोर्डले यसलाई सकारात्मक संकेतका रूपमा लिएको छ।
