धनुषामा सामूहिक बलात्कार प्रकरण : अधिवक्ता काठमाडौंबाट पक्राउ


धनुषामा सामूहिक बलात्कार प्रकरण : अधिवक्ता काठमाडौंबाट पक्राउ
  • नवकिरण
  • भाद्र १, २०८२

धनुषा भदौ १ – धनुषामा सामूहिक बलात्कारको आरोप लागेका एक जना अधिवक्ता पक्राउ परेका छन्।

क्षिरेश्वरनाथ नगरपालिका–९ का प्रमोदकुमार राय लाई प्रहरीले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट नियन्त्रणमा लिएर शनिबार धनुषा ल्याएको हो।

एक महिलाले २०८१ माघ १२ गते आफूलाई रायसहित तीन जनाले सामूहिक बलात्कार गरेको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सुरुमा प्रहरी प्रशासनले उजुरी दर्ता गर्न नमाने पनि पीडित महिलाले उच्च अदालतको आदेश पेश गरेपछि साउन २७ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता भएको थियो।

उक्त प्रकरणमा तीन जनाविरुद्ध उजुरी दर्ता भए पनि हालसम्म राय मात्रै पक्राउ परेका छन्। बाँकी दुई जना भने फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।