काभ्रे, असोज ५ – नख्खु कारागारबाट फरार भएका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
पनौती नगरपालिका–१२, गागलका करिब ३५ वर्षीय तामाङले आइतबार बिहान ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्।
सन्तबहादुर जवरजस्ती करणीको अभियोगमा जेल सजाय काटिरहेका थिए। जेन्जी आन्दोलनको दौरान नख्खु कारागारबाट उनी भागेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बनेपाबाट टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ।
हत्या गरेर सन्तबहादुर फरार भएका छन्। प्रहरीले घटनास्थलमा पुगेपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।