प्रधानमन्त्री मोदीको चेतावनी : आतंकवाद र व्यापार सँगै सम्भव छैन


प्रधानमन्त्री मोदीको चेतावनी : आतंकवाद र व्यापार सँगै सम्भव छैन
  • नवकिरण
  • बैशाख ३०, २०८२

काठमाडौं, वैशाख ३० – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। उनले हालै सञ्चालन गरिएको ‘अपरेसन सिन्दुर’ मार्फत भारतले आतंकवादविरुद्ध नयाँ युगको सुरुवात गरेको दाबी गरे।

मोदीले अपरेसनमा भारतीय सेनाको बहादुरी र मेड इन इन्डिया हतियारको सफल प्रयोगको प्रशंसा गरे। उनले भने, “अब आतंकवादका विरुद्ध भारत निर्णायक प्रहार गर्छ। जहाँबाट आतंकवाद जन्मिन्छ, त्यहीँ आक्रमण हुनेछ।”

पाकिस्तानको परमाणु हतियारको धम्की अब सह्य नहुने बताउँदै उनले राज्य–प्रायोजित आतंकवादको अन्त्य नभएसम्म वार्ता सम्भव नभएको उल्लेख गरे।

“आतंकवाद र वार्ता सँगसँगै चल्न सक्दैन। शान्तिका लागि पाकिस्तानले आतंककारी संरचना नष्ट गर्नैपर्छ,” मोदीले स्पष्ट पारे।