भारतीय मिडियामा आफ्नो फोटो आएपछि दीपाश्री निरौलाको प्रतिक्रिया : ‘दुरुपयोग गरियो’


भारतीय मिडियामा आफ्नो फोटो आएपछि दीपाश्री निरौलाको प्रतिक्रिया : ‘दुरुपयोग गरियो’
  • नवकिरण
  • जेष्ठ २, २०८२

काठमाडौँ, जेठ २ – भारतीय मिडियाले केही वर्षअगाडि भारतमा हत्या भएको भनिएकी नेपाली मोडल अञ्जना लामासम्बन्धी समाचार कभरेज गर्दै गर्दा नेपाली कलाकार दीपाश्री निरौलाको तस्वीर प्रयोग गरेका छन्। यस विषयमा अभिनेत्री दीपाश्रीले आपत्ति जनाउँदै आफ्नो तस्वीर गलत रूपमा प्रयोग गरिएको बताएकी छिन्।

‘दैनिक भाष्कर’ जस्ता केही भारतीय मिडियाले अञ्जनाको हत्यासम्बन्धी समाचार प्रकाशन गर्दा दीपाश्रीको एक तस्वीर प्रयोग गरेका थिए, जहाँ उनी एक पुरुषसँग देखिएकी छन्। समाचारमा ती पुरुषलाई अञ्जनाको जेठाजु भनिएको छ, जसका कारण दीपाश्रीलाई गलत सन्दर्भमा जोडिएको देखिन्छ।

दीपाश्रीले स्पष्ट पारिन्, “उक्त फोटोलाई गलत रूपमा प्रयोग गरेर भ्रम फैलाइएको छ। यससँग मेरो कुनै सम्बन्ध छैन।” साथै, उनले सर्वसाधारणलाई यस्तो भ्रममा नपर्न आग्रह गरेकी छिन्।

उनले आफ्नो फोटोको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै सम्बद्ध पक्षलाई जिम्मेवार बन्न पनि आह्वान गरेकी छिन्।