मकवानपुर, वैशाख ४ – भारतमा दर्ता गरिएको जीज १२ डीए ९६१८ नम्बरको कारमा हेटौँडातर्फ जाँदै गर्दा आगलागी भएको छ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उक्त कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आगलागीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। तर, उक्त घटनामा मानवीय क्षति भने हुन नपाएको जानकारी दिएको छ।
प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।