कलंकीमा प्रहरीको गोली, तोडफोड र आगजनीपछि स्थिति तनावपूर्ण


कलंकीमा प्रहरीको गोली, तोडफोड र आगजनीपछि स्थिति तनावपूर्ण
  • नवकिरण
  • भाद्र २४, २०८२

काठमाडौं, भदौ २४ – राजधानीको कलंकी क्षेत्रमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले सडकमा आगजनी र तोडफोड गरेपछि प्रहरीले गोली प्रहार गरेको छ ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र नेताहरूको परिवारको ऐशआरामविरुद्ध देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा कलंकीमा पनि उग्र प्रदर्शन भएको हो ।

यसअघि सोमबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २१ जनाको ज्यान गएको घटनापछि आज राजधानीका विभिन्न ठाउँमा अझै ठूलो संख्यामा प्रदर्शन भइरहेको छ । कलंकीमा पनि झडप चर्किँदा स्थिति अत्यधिक तनावपूर्ण बनेको छ ।