काठमाडौं, भदौ २४ – देशभर फैलिएको जेनजि आन्दोलनको चपेटामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पदत्याग गरेका छन्। सामाजिक सञ्जाल नियमनसम्बन्धी विवादले उग्र रुप लिएपछि परिस्थिती नियन्त्रणबाहिर गएको भन्दै उनले राजीनामा दिएका हुन्।
आन्दोलनलाई रोक्न सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रण गर्ने सरकारी प्रयास सफल हुन सकेन। उल्टै आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्रीमाथि बढ्दो दबाब देखिएको थियो। दलभित्रै असन्तुष्टि बढ्दै गएपछि अन्ततः ओलीले पद छाड्ने घोषणा गरेका हुन्।
राजनीतिक वृत्तमा अबको सत्ता समीकरणबारे चासो बढेको छ।
