खोलामा हाम फालेका युवकको सकुशल उद्धार


खोलामा हाम फालेका युवकको सकुशल उद्धार
  • नवकिरण
  • अषाढ ११, २०८२

काठमाडौं, असार ११ – ललितपुर महानगरपालिका–९ स्थित बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

नुवाकोट स्थायी घर भई हाल ललितपुरको पुनर्जीवन अस्पतालमा उपचाररत १८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेका थिए।

घटनास्थल नजिकै नेकपा एमालेको च्यासल पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी फौजले उनीमाथि समयमै प्रतिक्रिया जनाउँदै सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।