एलिना चौहानले अमेरिकामै प्रताप दासलाई भाइटीका लगाइन्, भनिन् – ‘दाजुभहिनी भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज’


एलिना चौहानले अमेरिकामै प्रताप दासलाई भाइटीका लगाइन्, भनिन् – ‘दाजुभहिनी भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज’
  • नवकिरण
  • कार्तिक ७, २०८२

काठमाडौं, कात्तिक ७ – गायिका एलिना चौहान र गायक प्रताप दास हाल अमेरिकामा सांगीतिक कार्यक्रममा सहभागी हुँदै तिहार मनाएका छन्।

एलिनाले सामाजिक सञ्जालमार्फत प्रतापलाई भाइटीका लगाइरहेको भिडियो सार्वजनिक गरेकी छन्, जससँगै उनले लेखेकी छन्, “दाजुबहिनी जस्तो पवित्र सम्बन्धमा पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज।”

केही समयअघि यी दुईबीच अफेयरको हल्ला चलेको थियो। सो हल्लालाई चिर्न एलिनाले पटक–पटक सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आएकी थिइन्। यता, प्रताप र एलिनाले हालै ‘तिहार’ गीत पनि सार्वजनिक गरेका थिए, जसमा उनीहरू सँगै देखिएका छन्।

सामाजिक सञ्जालमा भाइटीकाको भिडियो सार्वजनिक भएपछि उनीहरूको मित्रता फेरि चर्चामा आएको छ। एलिनाले भिडियोमार्फत आफ्ना प्रशंसकलाई “ह्याप्पी भाइटीका” भन्दै शुभकामना दिएकी छन्।