झन्डै एक दशकपछि एमाले कार्यालय जाँदै पूर्वराष्ट्रपति भण्डारी, ओलीसँग आज भेटवार्ता हुने


झन्डै एक दशकपछि एमाले कार्यालय जाँदै पूर्वराष्ट्रपति भण्डारी, ओलीसँग आज भेटवार्ता हुने
  • नवकिरण
  • श्रावण ४, २०८२

काठमाडौं, साउन ४ – झन्डै १० वर्षपछि एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज पहिलोपटक एमालेको केन्द्रीय कार्यालय च्यासल जाने तयारीमा छिन्।

आज दिउँसो ३ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि भण्डारी च्यासल पुग्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

२०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्। हालै उनले पुनः एमाले राजनीतिमा सक्रिय हुने संकेत दिएकी थिइन्, तर पार्टीले औपचारिक निर्णय भने अझै गरिसकेको छैन।

भण्डारीको यसपटकको च्यासल यात्रा एमाले राजनीतिमा नयाँ मोडको संकेतको रूपमा हेरिएको छ। उनका गतिविधिहरूलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।