गोरखा–१ मा मतगणना सुरु, कसले मार्ला बाजी?


गोरखा–१ मा मतगणना सुरु, कसले मार्ला बाजी?
  • नवकिरण
  • फागुन २३, २०८२

गोरखा, फागुन २३ – गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु गरिएको छ। उत्तरी भेगका मतदान केन्द्रबाट मतपेटिका ढुवानी हुन ढिलाइ भएपछि केही समय रोकिएको गणना प्रक्रिया शनिबारदेखि अघि बढाइएको हो।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार उक्त क्षेत्रमा रहेका सबै २३ मतदान केन्द्रका मतपेटिका संकलन भइसकेका छन्। दुर्गम क्षेत्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरेर ल्याइएको उनले जानकारी दिए। उनका अनुसार हिजो नौ वटा मतदान केन्द्रका मतपेटिका ल्याइएको थियो भने बाँकी आज संकलन गरिएको हो।

जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका तथ्यांक अनुसार गोरखा–१ मा कुल १ लाख २० हजार ५२५ मतदाता रहेकामा ६४ हजार ५ मत खसेको छ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रेम खत्री, नेकपाका हरिराज अधिकारी, नेकपा एमालेका आरसी लामिछाने तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ प्रतिस्पर्धामा छन्।