काठमाडौँ, फागुन २६ – भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ले नेपालको हालै सम्पन्न आम निर्वाचनमा विजयी भएका बालेन शाह र रवि लामिछाने लाई बधाई दिएका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा बधाई दिएका छन् र नेपाली जनतालाई सफल निर्वाचनको शुभकामना दिएका छन्।
प्रधानमन्त्री तोब्गेले नेपालमा सम्पन्न लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै यसलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले लोकतन्त्रले मुलुकको राजनीतिक स्थायित्व र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
भुटान र नेपालको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै उनले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरेका छन्।
