काठमाडौं, भदौ २ – मेडिकल क्षेत्रका व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाएका छन्। एक पत्रकार सम्मेलनको क्रममा प्रसाईंले लिङ्देनमाथि भारतबाट गाडी चोरी गरेर बेच्ने कार्यमा संलग्न भएको दाबी गरेका हुन्।
प्रसाईंका अनुसार, गत चैत १५ गते तीनकुनेमा आयोजित आन्दोलनको क्रममा राप्रपाका कार्यकर्ताले मिलेर आफूमाथि छुरा प्रहार गरेको दाबी समेत गरेका छन्। उनले घटनामा आफू घाइते भए पनि भाग्यले बाँचेको बताए।
“राजेन्द्र लिङ्देन भन्ने मान्छे बैंक ठग हो। उसले भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा बेच्ने काम गर्छ। त्यस्तो व्यक्तिले मलाई नै बैंक ठग भन्यो,” प्रसाईंको गुनासो थियो।
उनले थपे, “१५ गतेको आन्दोलनमा मलाई राप्रपाले मिलेर छुरा हानेको थियो। अब म बाँचेको छु, तर त्यो दिन उनीहरूले जुन धोका दिए, अब जीवनमा त्यसरी धोका दिन सक्दैनन्।”
प्रसाईंको यस अभिव्यक्तिले राजनीतिक क्षेत्रमा थप हलचल ल्याएको छ भने राप्रपाबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन।